चेन्नईमा भारतीय अभिनेताको घरमा चोरी गरेको आरोपमा ३ जना नेपाली पक्राउ


मंसिर २०, नयाँ दिल्ली । भारतीय कलाकारको घरमा चोरी गरेको आरोपमा ३ जना नेपाली पक्राउ परेका छन्। भारतीय अभिनेता रामकृष्णनको घरमा चोरी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ परको हो।

उनीहरूलाई नोभेम्बर २५ तारिखमा पक्राउ गरिएको भएता पनि अहिले घटना सार्वजनिक गरिएको छ। उनीहरू गुम्मिदिपुन्दी बस स्टप नजिकैबाट पक्राउ परेका हुन्।

नोभेम्बर १० मा, नेहारीलाई एक अभिनेताको घर लुटपाट गरेको आरोपमा पक्राउ गरिएको थियो। उनीहरुले करिब २२० सुनका सामग्री र २ लाख रुपैयाँ लुटेका थिए। यो घटना कलिउड अभिनेता राधाकृष्णन उर्फ ​​आरकेको चेन्नईको नन्दमबक्कमको डिफेन्स कोलोनी क्षेत्रमा रहेको घरमा भएको थियो जब उनी कामको लागि बाहिर थिए। राधाकृष्णन र उनको परिवारका सदस्यहरू छुट्टै घरमा बस्छन्।

नोभेम्बर १० तारिख साँझ ६ः३० बजेतिर दुई नेपालीले राधाकृष्णनकी श्रीमती राजीलाई कुर्सीमा बाँधेर गहना र नगद लुटेका थिए। उनीहरूले थबल खत्रीको योजना अनुसार लुटपाट गरेको खुलेको छ। उनी राधाकृष्णनको घरमा ६ महिनादेखि सुरक्षा गार्डको काम गरिरहेका थिए।

प्रहरीले पक्राउ गरेकाहरूमा रमेश खत्री, करन खत्री, शंकर, उनकी श्रीमती दूर्गा, पुष्कर बहादुर, विष्णु, पुष्करकी श्रीमती, पन्चो र पदम सावथ रहेका छन्। पक्राउ परेकाहरू ८ जना मध्ये ५ जना अरूणाञ्चलका र अन्य नेपाली रहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?