सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?


मंसिर २०, काठमाडौँ । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ।

प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको भनाइ छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । जुन एमाले भन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो।

त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ।

जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको आयोगले जनाएको छ। जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत प्राप्त गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?