क्रिसमसको पूर्वसन्ध्यामा न्यू साउथ वेल्सका २ चर्चमा तोडफोड
मंसिर २३, मेलबर्न, अष्ट्रेलिया। दक्षिणी न्यू साउथ वेल्स शहर अल्बरीमा क्रिसमसको पूर्वसन्ध्यामा दुईवटा चर्चमा तोडफोड भएको छ।
सेन्ट प्याट्रिक्सका फादर हेनरी इबेले क्याथोलिक फेस्ट अफ द इम्याकुलेट कन्सेप्शनको तीन दिन अगाडि सोमबार उनको चर्चमा भर्जिन मेरीको मूर्ति तोडफोड गरिएको बताएका छन्।
उनले यो क्याथोलिक चर्चमा आक्रमण भएको बताएका छन्।
‘यो पहिलो पटक होइन, दोस्रो पटक पनि होइन।’ उनले भने, ‘सेप्टेम्बरमा कोही चर्चमा गएर पेन्टिङमा स्वस्तिक कोरेका थिए। विगतमा पनि यहाँ मानिसहरू आएर तोडफोड गरेका थिए। हाम्रा झोलाहरू चोरेका थिए। केही वर्ष पहिले एउटा कार पनि चोरिएको थियो।’
फादर पिटर म्याक्लियोड-मिलरले मानिसहरूले सेन्ट म्याथ्यूजमा क्रिसमस ह्याम्परहरू प्याक गर्दै गर्दा उनीहरूले तोडफोड गरिएको मूर्ति भेट्टाएको बताएका छन्।