विश्वकपको फाइनल खेल पोल्यान्डका मार्चिनियाकले खेलाउने
पुस १, काठमाडौँ । पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन्। लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।
४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए। मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्।
कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन्। तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ।
अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा सहयोग गर्नेछन् ।