आमाको सपनाले प्रेरित फिल्म जेम्सको ‘अवतार-२’


पुस १, लसएञ्जल्स । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार–द वे अफ वाटर’ शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको छ।

सन् २००९ मा रिलिज ‘अवतार’ को दोस्रो सिरिज १३ वर्षपछि प्रदर्शनमा आउन लागेको हो। यो साइन्स फिक्सन फिल्मको रिलिजअघि यसको एडभान्स बुकिङ विश्वव्यापी रुपमा आक्रामक थियो।

तर, सायद कमैलाई थाहा होला कि ग्राण्ड बजेटमा बनेको यो फिल्म बनाउने सोच जेम्स क्यामरुनलाई उनकी आमामार्फत् आएको थियो। उनकी आमाले सपनामा जुन कुरा देखिन्, त्यो कुरा जेम्सलाई सुनाएपछि जेम्स ‘अवतार’ बनाउन प्रेरित भएका थिए।

जेम्सकी आमा शर्ली क्यामरुनले एउटा सपना देखेकी थिइन्। जुन सपनामा उनले १२ फिटकी निलो रंगकी युवती देखेकी थिइन्। उनी आमाले आफूले देखेको सपना छोरा जेम्सलाई एक कथाका रुपमा बताइन्। तर, आमाको सपनाको कुरा सुनेर जेम्सलाई एउटा यस्तो फिल्म बनाउने सोच आयो, जुन एक ग्रहको कथा थियो। जहाँ १० देखि १२ फिट अग्ला र निलो रंगका मानिस बस्छन् । जसको अनुहार र शरीर फरक छन्।

जेम्सले ‘अवतार’ बनाउने सोच त्यो समयमा गरेका थिए, जुन समयमा उनले लियोनार्डो डिकाप्रियो र केन्ट विन्सलेट स्टारर फिल्म ‘टाइटानिक’ बनाउने बारेमा सोचेका पनि थिएनन्।

लामो समयदेखि जेम्सको दिमागमा ‘अवतार’ बनाउने सोच थियो। तर, उनले सन् १९९७ मा रिलिज फिल्म ‘टाइटानिक’ बनाए। यो फिल्मपछि उनले तीन वर्षसम्म अवतारका लागि काम गरे। ‘टाइटानिक’ले थिएटरमा दर्शकको बाक्लो उपस्थितिमात्र पाएन, बक्सअफिसमा ठूलो सफलता नै हात पार्यो।

त्यो समयमा यो फिल्मले घरेलु बक्सअफिसमा २ हजार ४ सय ६० करोड डलरको कमाई गरेको थियो भने विश्वव्यापी रुपमा यसको कमाई ८ हजार ७ सय २६ करोड डलर थियो।

‘टाइटानिक’को कमाई पछि जोकोहीले पनि लियोनार्दोको यो फिल्मको रेकर्ड कसैले नतोड्ने अनुमान गरेका थिए। तर, यो गलब साबित भयो। किनकि सन् २००९ मा रिलिज जेम्सको दोस्रो फिल्म ‘अवतार’ले ‘टाइटानिक’को रेकर्ड ब्रेक गरिदियो। ‘अवतार’ले विश्वव्यापी रुपमा १८ हजार ९ सय ५७ करोडको कमाई गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?