कस्तो रहला क्रिसमसमा अष्ट्रेलियामा प्रमुख शहरको मौसम ?


पुस १, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाका अधिकांश राज्यहरूमा क्रिसमसको दिन औसतभन्दा बढी चिसो हुने भएको छ। घाम सामान्य रूपमा लागेता पनि माैसम भने चिसो नै रहने माैसम विभागले जानकारी दिएको छ।

तातो तापक्रमले अष्ट्रेलियाको दक्षिण-पूर्वमा असर नगरेता पनि पश्चिम र माथिल्लो छेउमा परम्परागत क्रिसमसको तापक्रम अनुभुति हुने बताइएको छ।

पूर्वी राज्यहरूमा क्रिसमस बार्किक्यु गर्ने योजनामा रहेकाहरूलाई वर्षाका लागि तयारी हुन अनुरोध गरिएको छ। ती राज्यहरूमा दिनभर सामान्य वर्षाको संभावना रहेको छ।

सिड्नीः
सिड्नीमा क्रिसमसको दिन न्यानो माैसम हुने अनुमान गरिएको छ। सिड्नी उक्त दिन अष्ट्रेलियाको तेश्रो तातो शहर हुने बताइएको छ। यद्यपि केही समयको मौसममा सामान्य बदली रहने वेदरजोनले जनाएको छ।

सिड्नीमा क्रिसमसको दिन १७ देखि २७ डिग्री सेल्सियस तापक्रम रहने अनुमान गरिएको छ। क्रिसमस अघिका दिनहरूमा तापक्रम थोरै कम हुने भएता पनि उक्त दिन बढ्ने बताइएको छ।

क्यानबेराः
क्यानबेरामा पनि सिड्नीको जस्तै माैसमी अवस्था रहनेछ। तर न्यूनतम तापक्रम कम हुने बताइएको छ। क्रिसमसको दिन क्यानबेराको न्युनतम तापक्रम १० डिग्री र अधिकतम तापक्रम २६ डिग्री हुने अनुमान गरिएको छ।

ताजा हावाको साथसाथै सामान्य वर्षाको संभावना समेत रहेको छ।

मेलबर्नः
क्रिसमसको दिन मेलबर्नमा चिसो र सामान्य वर्षाको सम्भावना रहेको छ। यस दिन सामान्यतया माैसम बदली रही केही स्थानमा वर्षा र उत्तर–पश्चिमीदेखि दक्षिण–पश्चिमी वायुको सम्भावना रहेको छ।

न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहनेछ भने उच्च तापक्रम २३ डिग्री सेल्सियसको आसपास रहनेछ।

ब्रिसबेनः
ब्रिस्बेनले सिड्नी जस्तै मौसम अवस्था देख्नेछ तर क्रिसमसको दिनमा न्यानो हुने बताइएको छ। न्यूनतम तापक्रम २० डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहने छ।

साथै अधिकांश समय माैसम बदली रही केही स्थानमा वर्षा हुनेछ भने पश्चिमी वायु उत्तरपूर्वी दिशातर्फ जानेछ।

एडिलेडः
एडिलेडमा सम्भावित वर्षा र केही पश्चिम-दक्षिण-पश्चिमी हावाको साथ आंशिक बादल हुने अनुमान गरिएको छ।

न्यूनतम तापमान १४ डिग्री सेल्सियस र अधिकतम तापमान २५ डिग्री सेल्सियस हुने अनुमान गरिएको छ।

पर्थः
पर्थ क्रिसमस डे मा दोस्रो सबैभन्दा तातो राजधानीको रूपमा रहनेछ। तापमान १७ देखि ३० डिग्री सेल्सियससम्म हुनेछ। यस दिन केही दक्षिणपूर्वी र दक्षिण-पश्चिमी वायुको साथमा प्रायः घाम लाग्ने छ।

डार्बिनः
डार्बिन क्रिसमसको दिन सबैभन्दा तातो राजधानी बन्ने अनुमान गरिएको छ। शीर्ष छेउमा पहिले नै गर्मीको लहर चलिरहेको छ र यो चाडपर्व अवधिमा जारी रहने पूर्वानुमान छ।

तापमान २५ देखि ३४ डिग्री सेल्सियसको बीचमा हुनेछ।

होबार्टः
होबार्टले क्रिसमस डेमा सबैभन्दा चिसो राजधानी हुनेछ। यो दिन यहाँको तापक्रम १२ देखि २१ डिग्री सेल्सियसको बिचमा रहनेछ। मौसममा आंशिक बदली रही केही स्थानमा वर्षा र ताजा उत्तर-पश्चिमी हावा चल्ने अनुमान पनि गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?