सर्लाहीमा सशस्त्र प्रहरीका जवानमाथि गोली प्रहार


पुस १, सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीका जवानमाथि गोली प्रहार गरिएको छ। जिल्लाको रामनगर गाउँपालिका–६ मा सशस्त्र प्रहरी जवान ३० वर्षीय सुरेश साहमाथि गोली प्रहार गरिएको हो। गोली प्रहारबाट रामनगर गाउँपालिका–४ का साह घाइते भएका छन्।

काभ्रपलान्चोक १५ नम्वर गणमा कार्यरत साह घर आएका बेला उनीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। गोली प्रहार गर्ने २ जना फरार भएका छन् भने रामप्रवेश साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

साहले चिनजानकै व्यक्तिलाई ४ लाख रुपैया दिएको थियो। सो रुपैया लिन उनी आएका थिए। रुपैयाकै विषयमा विवादपछि गोली हानेको हुनसक्ने प्रहरीको अनुमान छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?