इरानमा फुटबल खेलाडीलाई मृत्युदण्ड


पुस ४, काठमाडौँ । इरानमा एक जना फुटबल खेलाडीलाई मृत्युदण्ड दिइने भएको छ।

इरानी फुटबलर अमिर रेजा नसर अजादानीलाई गत महिना देशको लिपिक प्रतिष्ठान विरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनमा सामेल भएको आरोपमा गिरफ्तार गरी मृत्युदण्डको सजाय सुनाइएको छ।

इरानको आइएसएनए समाचार एजेन्सीका अनुसार इस्फाहानमा विरोध प्रदर्शनका क्रममा तीन सुरक्षाकर्मीको मृत्यु भएपछि “भगवान विरुद्ध युद्ध” गरेको आरोपमा अजादानीलाई पक्राउ गरिएको थियो।

२६ वर्षीय इरानी लिग फुटबलर अन्य २७ इरानीहरू मध्ये एक हुन् जसलाई झण्डै तीन महिनादेखि चलेको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।

ती मध्ये दुई जना माजिद्रेजा रहनावार्ड र मोहसेन शेकरीलाई यसै महिना सार्वजनिक रूपमा फाँसी दिइएको थियो।

व्यवसायिक फुटबलरहरूको विश्व संघ फिफ्प्रोले आफ्नो देशमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको लागि अभियानमा सहभागी भएका खेलाडीलाई मृत्युदण्ड सुनाइनु गलत भएको टिप्पणी गरेको छ। वर्तमान र पूर्व फुटबलरहरूले ऐक्यबद्धता व्यक्त गर्दै मृत्युदण्ड अन्त्य गर्न आह्वान गरेका छन्।

एक महिलाले हिजाब नलाएका कारण इरानी प्रहरीले उनलाई पक्राउ गरेको थियो। हिरासतमा रहेकी उनको शंकास्पद मृत्यु भएपछि देशभर उनको पक्षमा प्रदर्शन चर्किएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?