चारआलीस्थित जंगलमा श्रीमान् र श्रीमती मृत फेला


पुस ५, काठमाडौँ । झापाको चारआलीस्थित जंगलमा श्रीमान् र श्रीमती मृत फेला परेका छन्। अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती मृत फेला परेको प्रहरीले जनाएको हो।

चारआलीको पाउ पाथिभरा मन्दिरबाट एक किलोमिटर पश्चिमबाट अढाई किलोमिटर दक्षिणमा ५२ वर्षीय लिम्बू र नाम नखुलेकी उनकी कान्छी श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ। सडेगलेको अवस्थामा शव फेला परेको र उनीहरुको सनाखत भइसकेको जनाइएको छ।

शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?