युके जाने तयारी गरिरहेका अष्ट्रेलियनहरूलाई सरकारले दियो यस्तो चेतावनी


पुस ७, मेलबर्न अष्ट्रेलिया । क्रिसमसको बिदाको अवधिमा बेलायतको यात्रा गर्ने अष्ट्रेलियालीहरूलाई हड्तालका कारण लन्डनको हिथ्रो लगायतका विमानस्थलहरूमा ठूलो ढिलाइ हुने चेतावनी दिइएको छ।

युके बोर्डर फोर्सका कर्मचारीहरूले शुक्रबार, डिसेम्बर २३ देखि सोमबार, डिसेम्बर २६ र बुधबार, डिसेम्बर २८ देखि शनिबार, डिसेम्बर ३१ सम्म औद्योगिक हड्ताल गर्ने भएका छन्।

हिथ्रो, ग्याटविक, ग्लासगो, म्यानचेस्टर, बर्मिंघम र कार्डिफ एयरपोर्टहरू प्रभावित हुने बताइएको छ। दक्षिणी इङ्गल्याण्डको न्यूहेभन बन्दरगाहका कर्मचारीहरूले ती दिनहरूमा काम नगर्ने भएका छन्।

बेलायती सरकारी अधिकारीहरूका अनुसार सार्वजनिक कर्मचारीहरूले विरोध प्रदर्शन गर्दा सशस्त्र बलका कर्मचारीहरूलाई राहदानी जाँच गर्न तालिम दिइएको छ।

‘यूके प्रवेश गर्ने यात्रुहरूलाई पर्न गएको कुनै अवरोधको लागि हामी क्षमाप्रार्थी छौं’, बोर्डर फोर्सका सीईओ स्टीभ ड्यानले भने। उनले सेवा चुस्तताका लागि ट्राभल उद्योग भरका साझेदारहरूसँग मिलेर काम गरिरहेको पनि बताएका छन्।

उनले यात्रुहरूलाई आफ्नो उडान योजना अनुसार चलिरहेको छ कि छैन भनेर जाँच गर्न आफ्नो एयरलाइन्स वा ट्राभल कम्पनीमा सम्पर्क गर्न आग्रह गरे।

बेलायतको गृह सचिव सुएला ब्रेभरम्यानले हड्तालका कारण गम्भीर अवरोध को चेतावनी दिँदै छुट्टीमा आफ्नो यात्रा योजनाहरूमा पुनर्विचार गर्न उडान गर्ने जो कोहीलाई आग्रह गरिन्। तर त्यहाँ आइपुग्ने यात्रुहरूको राहदानी जाँच गर्न ढिलाइले लामो लामहरू र यात्रुहरूलाई विमानमा राखिने, पछिको प्रस्थानलाई असर गर्ने चिन्ताहरू देखिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?