न्यु साउथ वेल्समा भएको कार दुर्घटनामा ६ वर्षीय बालकको मृत्यु


पुस ८, मेलबर्न, अष्ट्रेलिया। न्यु साउथ वेल्सको ग्रामीण क्षेत्रमा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ।

बिहीबार दिउँसो १२ बजेपछि मुर्रे नदी क्षेत्रको मौलामीन रोडमा भएको दुर्घटनामा ६ वर्षीय बालकको मृत्यु भएको हो। टोयोटाको हाइलक्स गाडीले बालकलाई किचेको बताइएको छ।

पहिलो आपतकालीन सेवाका कर्मचारीहरूले ठूलो क्षति भएको गाडी फेला पारेका थिए।

छ वर्षीय यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चार वर्षीय बालकको मेलबर्नस्थित बाल अस्पतालमा उपचार भइरहेको जानकारी अधिकारीहरूले दिएका छन्।

३१ वर्षीय पुरुष चालकलाई पनि अनिवार्य परीक्षणको लागि अस्पताल लगिएको छ।

प्रहरीको दुर्घटना अनुसन्धान इकाईले दुर्घटनाको अवस्थाबारे अनुसन्धान जारी राखेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?