फ्रान्सको राजधानीमा किन भड्कियो हिंसा ?
पुस १०, पेरिस । कुर्द समुदायमाथि शुक्रबार भएको घातक हमलापछि मध्य पेरिसमा हिंसा भड्किएको छ।
प्रदर्शनकारीहरूले सडकमा जथाभावी कारहरू पल्टाए र आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार प्रहार गरेका थिए। जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो। कुर्दिश सांस्कृतिक केन्द्र र रेस्टुरेन्टमा शुक्रबार भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको थियो।
आक्रमणपछि ६९ वर्षीय एक संदिग्ध पक्राउ परेका थिए। उनले आफू विदेशीहरूलाई घृणा गर्ने जातिवादी भएको बताएका थिए ।ती व्यक्तिले ‘धेरै प्रयोग गरिएको’ पिस्तौलले आक्रमण गरेको बताइएको छ।
प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। सयौं कुर्दहरू प्लेस डे ला रिपब्लिकमा शुक्रबार मारिएका तीन जनालाई श्रद्धाञ्जली दिन शान्तिपूर्ण रूपमा भेला भएपछि शनिबार हिंसा भड्किएको थियो।
पूर्व रेलचालकसमेत रहेका संदिग्धमाथि प्रहरीले सोधपुछ गरेको छ । हत्या र हत्या प्रयासको आंशमा उनी पक्राउ परेका छन्। उनीमाथि जातिबादीको अर्को आरोप पनि लगाइएको छ।