अष्ट्रेलियामा क्रिसमसको अघिल्लो दिन उडेको विमान सम्पर्क विहीन
पुस १०, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा एक विमान सम्पर्क विहीन भएको छ। क्रिसमसको पूर्वसन्ध्यामा उत्तरी क्षेत्र (नर्थन टेरिटोरी)मा विमान बेपत्ता भएपछि प्रहरीले जानकारीको लागि अपील गरिरहेको छ।
एक यात्रु र पाइलट बोकेको एकल इन्जिन विमान शनिबार बिहान करिब ८ः३० बजे गोभबाट प्रस्थान उडेको थियो। सोही दिन बिहान करिब १०ः३० बजे क्याथरिनमा अवतरण गर्ने भनिए पनि अझै सम्पर्कमा आएको छैन।
नर्थन टेरिटोरी पुलिसले हराइरहेको विमानको खोजी गर्न अस्ट्रेलियाको समुद्री सुरक्षा प्राधिकरण (एएमएसए) प्रतिक्रिया केन्द्रसँग मिलेर काम गरिरहेको छ।
एएमएसए प्रतिक्रिया केन्द्रलाई शनिबार दिउँसो अलर्ट गरिए पछि विमानको लागि हवाई खोजी सुरु भएको थियो। खोज क्रिसमसको दिन पनि जारी रहने जानकारी दिइएको छ।
यस घटनाबारे जानकारी भएका जो कोहीलाई पनि 131 444 मा सम्पर्क गर्न र सन्दर्भ नम्बर 10212740 उद्धरण गर्न आग्रह गरिएको छ।