भिक्टोरियाको घरबाट लाखौँ मूल्य बराबरका दुर्लभ गरगहना चोरी


पुस १०, मेलबर्न अष्ट्रेलिया । भिक्टोरियाएको एक घरबाट लाखाैँ रकमका गरगहना चोरी भएका छन्। प्रहरीले गत साताको अन्त्यमा भिक्टोरियन घरबाट चोरी भएका १५ लाख डलर बराबर सुन र हीराका गरगहनाको खोजी सुरू गरेको छ।

दुर्लभ गरगहनाहरू चोरले डिसेम्बर १७ मा साँझ ५ः ३० र ८ः ३० बजेको बीचमा छेउको ढोकाबाट इलडनको घरमा पसेर लगेको अनुमान गरिएको छ।

भिक्टोरिया प्रहरीले शनिबार राति ८.३० बजेपछि मात्रै पिडीत आफ्नो घर फर्किँदा आफ्ना सबै गहना चोरी भएको फेला पारेको जानकारी दिएको छ।

प्रहरीले अहिले ती सामानको तस्विर सार्वजनिक गरेको छ। डिटेक्टिभ सिनियर कन्स्टेबल आरोन डिवेलले ती गहनाका एकदमै विशिष्ट भएको बताएका छन्।

अनलाइनमा ती सामग्रीहरू बेच्न राखेको देखिएका तुरून्त सम्पर्क गर्न सबैसँग अनुरोध गरेको छ।

गहना चिन्ने वा कुनै जानकारी भएका व्यक्तिलाई 1800 333 000 मा सम्पर्क गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?