हिमआँधीले अमेरिकी जनजीविन कष्टकर, ३० जनाको मृत्यु
पुस ११, न्युयोर्क । अमेरिकामा हिम आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन्।
हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न्।
चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन्।
८ राज्यहरूमा मौसम–सम्बन्धित घटनामा २६ जनाको जनाको मृत्यु भएको पुष्टि भएको छ, केही अमेरिकी मिडियाले ३० जना भन्दाको मृत्यु भएको जनाएका छन् । आँधीसँग सम्बन्धित घटनामा कोलोराडोमा चार जना र पश्चिमी न्युयोर्कमा कम्तीमा ७ जनाको मृत्यु भएको छ।
हिमआँधीका कारण बफेलो सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरुले जनाएका छन्। बरफ र हिउले सडक, पुल, घर तथा बाहिर पाकर्किङ गरेर राखेका घर ढाकेका छन्।
केही दशकयताकै सबैभन्दा ठूलो आँधीका कारण अमेरिकामा आइतबार मात्र १७ सय उडान रद्द भएका थिए।