ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला
पुस १८, काठमाडौँ । लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहणसँगै उनले गरीब र वातावरणको लागि लड्ने र अति दक्षिणपन्थी नेता जैर बोल्सोनारोको विभाजनकारी प्रशासनपछि ुदेशको पुनर्निर्माणु गर्ने वाचा गरे।
हालैका दिनहरूमा मृत्यु भएका ब्राजिलका फुटबल लिजेन्ड पेले र पूर्व पोप बेनेडिक्ट १६औँ को लागि एक मिनेट मौन धारण गरेर सपथ ग्रहण सुरु भएका थिए। ७७ वर्षीय दिग्गज वामपन्थीले यसअघि सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका थिए।