नवाजुद्दिन भन्छन्- २५ करोड पारिश्रमिक दिए पनि सानो भूमिका गर्दिनँ


पुस १९, एजेन्सी। बलिउडमा प्रतिभावान कलाकारको नाम लिँदा अभिनेता नवाजुद्दिन सिद्दीकी छुट्दैनन्। सानोतिनो सहायक चरित्रबाट फिल्मी करियर सुरुवात गरेका उनले हलिउड फिल्म ‘लक्ष्मण लोपेज’मा देखिँदैछन्। उनले हलिउड फिल्ममा सानो भूमिका कहिल्यै नगर्ने खुलाएका छन्।

‘मैले उद्योगमा कयौं सानो भूमिका निभाएको छु। मैले आफ्नो मिहेनत र लगनले यो सफलता पाएको छु। आजको समयमा यदी कोही विदेशी फिल्म मलाई सानो भूमिकाका लागि प्रस्ताव गर्छन् भने म त्यसमा काम गर्दिनँ। चाहे निर्माताले मलाई २५ करोड रुपैयाँ नै दिए पनि म त्यो सानो भूमिका गर्दिनँ। मलाई लाग्छ आफ्नो कामलाई राम्रो बनाउनुपर्छ। यदी तपाईं राम्रो काम गर्नुहुन्छ भने अवसर तपाईंलाई खोज्दै आउनेछ’, नवाजुद्दिन भन्छन्।

‘लक्ष्मण लोपेज’को निर्देशन प्रख्यात निर्देशक रिबर्टो जिराल्टले गर्दैछन्। नवाजुद्दिन फिल्म ‘हड्डी’मा देखिँदैछन्। जसमा उनले एक किन्नरको भूमिका निर्वाह गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?