हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु
माघ ४, किभ । युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन्।
घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ। दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।