यू-२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टनरफाइनलमा इन्द्र सुनार


माघ ५, काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी तौल समूहमा नेपाली खेलाडी इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन्।

प्रीक्वाटर खेलमध्ये ५७ केजी तौल समूहमा सुनारले लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस) ५ः० अंकको आधारमा हराएका हुन्। जितसँगै सुनार क्वाटर फाइनलमा प्रवेश गरेका छन्। सुनारले क्वाटरफाइनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन्।

नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। उनीहरूले क्रमशः मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?