अफगानिस्तानमा कठ्यांग्रिएर २५ जनाको मृत्यु


photo : AFP

माघ ७, काबुल । बढ्दो चिसोसँगै निरन्तर हिमपातपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुलप्रान्तमा कम्तीमा २५ जनाको मृत्यु भएको छ।

जाज्जानप्रान्तको खमाब, खानका र आक्चा जिल्लामा विगत दुई दिनदेखि भारी हिमपातहुँदा कठ्यांग्रिएर चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ।

त्यसैगरी चिसोसँगै हिमपातले सारी पुलप्रान्तमा बालबालिका र महिलासहित सात जनाको मृत्यु भएको छ।

तालिबानले सत्ता कब्जा गरेपछि दातृ निकायले अफगानिस्तानलाई प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन, जसका कारण अधिकांश अफगानी मानवीय संकटको चपेटामा परेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?