बस दुर्घटनामा ३९ जनाको मृत्यु


माघ १५, एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा आइतबार बिहान बस दुर्घटनामा पर्दा कम्तिमा ३९ जनाको मृत्यु भएको छ।

पाकिस्तानी मिडिया जियो न्यूजको रिपोर्टका अनुसार दुर्घटना लस्बेला जिल्लामा भएको हो। बसमा करिब ४८ जना यात्रु सवार थिए। प्रहरीका अनुसार तिब्र गतिको बस पुलको पिलरसँग ठोक्किएर खाल्डोमा खसेको थियो।

हालसम्म एक महिला र एक बालकसहित ३ जनाको उद्धार गरिएको छ । बस पाकिस्तानको क्वेटाबाट कराची आउदै थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?