बिनाशकारी भुकम्पः किम जोङद्वारा सिरियाली समकक्षीलाई समवेदना सन्देश
माघ २५, एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको विनाशकारी भूकम्पप्रति सिरियाली समकक्षी वासेर अल असादलाई समवेदना पठाएका छन्।
सोमवार गएको ७.८ रेक्टर स्केलवाट हजारौले ज्यान गुमाएको प्रति समवेदना प्रकट गर्दै उत्तरी कोरियाली नेता किम जोङले समवेदना सन्देश पठाएका हुन।
म विश्वस्त छु कि तपाईको नेतृत्वमा सिरियाली सरकार र जनताले जतिसक्दो चाँडो भूकम्पबाट भएको क्षतिलाई जित्नेछन् र प्रभावित मानिसहरूको जीवनलाई स्थिर बनाइनेछ,ू किमले सिरियाका राष्ट्रपति बसर अलअसदलाई समवेदना प्रकट गर्दै भनेका छन।