भुकम्पको पाँच दिन पछि टर्कीमा सिंगाे परिवारको उद्धार


माघ २८, एजेन्सी । भुकम्प गएको पाँच दिन पछि एउटा सिंगो परिवारलाई जिउँदै उद्धार गरिएको छ।

टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो। उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको टर्कीका सञ्चार माध्यमले जनाएका छन।

उता, भुकम्प गएको चार दिन पछि चमात्कारिक रुपमा १० दिनको बच्चासहित उनको आमालाई जिउँदै उद्धार गरिएको छ।

यागिज उल्स नामको १० दिनको बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनवाट आमासहित उद्धार गरिएको हो। उद्धारकर्मीहरुले विस्तारै विस्तारै भग्नावशेषवाट आमा छोरालाई उद्धार गर्ने बितिक्कै थर्मल कम्बलमा बेरेका थिए भने आफैसँग रहेका

स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेका थिए। चार दिन पछि जिउँदै फेला परेकी आमा होसमा भए पनि बोल्न सक्ने अवस्थामा थिइनन। उनीहरुको अहिले समंदागस्थित एक अस्पतालमा दुवै जनाको उपचार भईरहेको छ।

टर्की र सिरियामा गएको ७.८ रेक्टरकाे भुकम्पमा परी अहिलेसम्म १८ हजार भन्दा बढीको ज्यान गएको छ।

विश्व स्वास्थ्य संगठनले भुकम्पमा ज्यान गुुमाउनेको संख्या २० हजार भन्दा बढी हुन सक्ने भएकाले विश्वभरीवाट आपतकालिन उद्धार र राहातका लागि अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?