बंगलादेशको राजधानी ढाकामा शक्तिशाली विस्फोट : १६ जनाको मृत्यु, १२० घाइते
फागुन २४, ढाका । बंगलादेशको राजधानी ढाकामा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । १२० जनाभन्दा बढी घाइते भएका छन्।ढाकाको सिद्दिकी बजारमा मंगलबार बेलुकी विस्फोट हुँदा १६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
ढाका मेडिकल कलेज अस्पतालमा घाइतेको उपचार भइरहेको छ। विस्फोटपछि एक सात तले भवन ध्वस्त भएको छ भने सडकमा गुडिरहेको बसमा समेत क्षति पुग्दा कैयौँ यात्रु घाइते भएका छन्।
ध्वस्त भवन वरपर रहेका रिक्सा चालक तथा सर्वसाधारणहरु पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।