अस्ट्रेलियाका विश्वबिद्यालयले भारतमा पढाइ सुरु गर्दै
फागुन २६, मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलिया सरकारको नयाँ शिक्षा निती अनुसार अस्ट्रेलियाका विश्वविद्यालयले भारतबाट नै पढाई सुरु गर्ने भएका छन्। भारत र अस्ट्रेलिया दुवै देशमा मान्यता पाउनेगरी अस्ट्रेलियाका विश्वविद्यालयले भारतमा पढाइ संचालन गर्ने सहमति भएको हो।
भारत भ्रमणमा रहेका अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजिले गुजरातमा संचालनमा आउन लागेको डिकेन विश्वविश्यालयका शुभारम्भ गरेका हुन्। यस बारेमा संसदमा थप जानकारी दिदैँ अस्ट्रेलियाका शिक्षा मन्त्री ज्यासन क्लेरले भारतमा २३ वर्ष मुनिका ५० करोड भन्दा बढीको जनसंख्यालाई लक्षित गर्दै यस कार्यक्रमको सुरुवात गरिएको बताएका छन्।
भारत सरकारले यो युवा जनसंख्यालाई सन् २०३५ भित्रमा दक्ष कामदारका रुपान्तरण गर्नको अस्ट्रेलियाको सहयोग मागेको र सोही अनुरुप दुवै देशको हितमा यस कार्यक्रम संचालन गरिएको जानकारी गराएका छन्। अब छिट्टै वुलङगङ विश्वविद्यालयले पनि भारतमा आफ्नो क्यामपस स्थापना गर्ने शिक्षामन्त्री क्लेरले स्पष्ट पारेका छन्।
अस्ट्रेलियामा शैक्षिक क्षेत्र तेस्रो ठूलो आम्दानी हो। करिब ४० अर्ब अस्ट्रेलियन डलरको अर्थतन्त्र रहेको शैक्षिक क्षेत्र कोभिडका कारण ठप्प रहेको थियो । तर नयाँ आर्थिक सत्र सुरु भएसंगै अस्ट्रेलियाले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।