क्वीन्सल्याण्डमा एक व्यक्तिको ओछ्यानमा ठूलो सर्प पुगेपछि…
चैत ८, मेलबर्न, अष्ट्रेलिया । एउटा डरलाग्दो सर्प भेटिएपछि अष्ट्र्रेलियामा मानिसहरूले सुत्नुअघि राम्रोसँग ओछ्यान राम्रोसँग जाँच गर्नुपर्ने भन्ने चेतावानी दिएको छ ।
सोमबार क्वीन्सल्याण्डको गोल्ड कोस्टको पश्चिममा रहेको कलबरमा ठूलो सर्पलाई एक व्यक्तिको ओछ्यानबाट हटाउनु परेपछि यो चेतावनी आएको हो ।
इस्टर्न ब्राउन प्रजातिको सर्पलाई जाचेरीज् स्केन एण्ड रेप्टाइल रिलोकेशनले एक घरबाट लगेको थियो । ती व्यक्तिले बेडमा पुगेको सर्पबारे तस्बिरहरू सार्वजनिक गरेपछि सर्पको उद्धार गरिएको हो ।
“राती ओछ्यानलाई ध्यानपूर्वक जाँच गर्नुहोस्! यो पूर्वी खैरो सर्प सुरक्षित रूपमा स्थानान्तरण गरियो! ” सर्पको उद्धार गर्ने व्यक्तिले लेखेका छन् ।
तस्बिरहरूको समयमा सर्प न्यानो निद्राबाट विचलित भएको देखिन्थ्यो । यसको शरीरको भाग कम्बलमुनि टासिएको थियो ।