अष्ट्रेलियामा सुरू भयो हप्तामा ४ दिनमात्रै काम गर्ने व्यवस्था, तलब पनि कटाैति नहुने
चैत ९, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियाको एक कम्पनीमा एक हप्तामा चार दिनमात्रै काम गर्ने नियम सुरू भएको छ। अष्ट्रेलियन सर्भिस युनियनले अक्सफाम अष्ट्रेलियासँग सम्झौता गरेपछि चार दिनमात्रै काम गर्ने हप्ता सुरू भएको हो।
बृहत् कर्मचारी सम्झाैता अन्तर्गत पूर्णकालिन स्थायी कर्मचारीहरूले हप्तामा ३५ दिन मात्रै काम गर्नुपर्नेछ । उनीहरूले कुन समयमा काम गर्ने भनेर समय छनाैट समेत गर्न सक्नेछन्। उनीहरूले चार दिनमात्रै काम गर्दा पनि एक हप्ताकै पूरा पारिश्रमिक पाउने बताइएको छ।
यसैबिच, स्थायी तर पार्ट-टाइम काम गरिरहेका कर्मचारीहरूले प्रति हप्ता ३० घण्टा काम गर्नुपर्नेछ। जुन फुल-टाइम कर्मचारीको बराबर हो।
गरिबी र असमानतालाई सम्बोधन गर्ने लक्ष्य राखेको नाफारहित संस्थाले युनियनसँगको पछिल्लो वार्तापछि यो परिक्षण ६ महिनासम्म सञ्चालन गर्नेछ।
यो परिक्षणले अक्सफामका १०० जना कर्मचारी प्रभावित हुने बताइएको छ। यस संस्थामा ९७ जना कर्मचारी फुलटाइम तथा ३७ जना पार्ट-टाइम रहेका छन्। जसमध्ये ९० जना स्थायी हुन्।
इन्टरप्राइज बार्गेनिङ एग्रीमेन्ट (EBA) भित्र औपचारिक रूपमा अष्ट्रेलियामा फुलटाइम कर्मचारीहरूलाई असर गर्ने यो पहिलो यस्तो व्यवस्था भएको बताइएको छ।
विश्वको सबैभन्दा ठूलो चार दिन कार्य हप्ता परीक्षण पछि अष्ट्रेलियामा पनि यो व्यवस्था परीक्षण सुरू गरिएको हो। यसभन्दा अघि बेलायतमा गरिएको परीक्षणले हप्तामा चार दिन काम गर्दा थप प्रभावकारी हुने र उत्पादकत्व पनि बढ्ने निष्कर्ष निकालेको थियो ।
मार्केटिङदेखि फाइनान्स र गैर-नाफाका लागि फैलिएका उद्योगहरू झण्डै ३००० कामदारहरूले छोटो हप्तामा उनीहरूलाई पनि कम तनाव भएको बताएका थिए।
अनुसन्धानमा सहभागीहरूमध्ये ७१ प्रतिशतले सहज महसुस गरेको, ३९ प्रतिशतले कम तनाव महसुस गरेको र ४८ प्रतिशतले आफ्नो कामबाट बढी सन्तुष्ट भएको बताएका थिए।