अष्ट्रेलियाको लोकप्रीय वाइन उत्पादक आगलागीमा परेर नष्ट
चैत १०, मेलबर्न, अष्ट्रेलिया। न्यु साउथ वेल्सको हन्टर भ्यालीमा रहेको एक लोकप्रिय वाइनरी (मदिरा बनाउनेे ठाउँ)मा ठूलो आगो लागेको छ।
सेसनक नजिकैको पोकोलबिनस्थित ट्याम्बुर्लेन वाइनरीमा बिहीबार राति ९ः३० बजेतिर आगलागी भएको हो।
आपतकालीन सेवाहरू आगो निभाउनका लागि २० भन्दा बढी ट्रकहरू लिएर घटनास्थलमा पुगेका थिए।
वाइनरीको रेष्टुरेन्ट क्षेत्रबाट आगलागी सुरू भएको अनुमान गरिएको छ।
उक्त घटनामा चोटपटकको कुनै रिपोर्ट गरिएको छैन तर वाइनरीका भागहरू पूर्ण रूपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ। आगो निभिएपछि अनुसन्धान सुरु हुने जानकारी दिइएको छ।
ट्याम्बुरलेन अष्ट्रेलियाको सबैभन्दा ठूलो अर्गानिक वाइन उत्पादक मध्ये एक हो । यो वाइनरी ३० वर्ष भन्दा बढी समयदेखि सञ्चालनमा छ।
सन् १९८५ मा सानो वाइन उत्पादन गर्ने क्षेत्रको रूपमा यो विस्तार भएको थियो ।