अष्ट्र्रेलियाबाट देश निकाला हुने डरमा बाँचेको परिवारले अन्ततः पायो पिआर
चैत ११, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा बसोबास गर्न धेरै संघर्ष गरेको एक परिवारले स्थायी बसोबासको अनुमति पाएको छ। देश निकाला सहितको धम्की र त्रास पाएको ‘ग्रीन फ्यामिली’ अब अष्ट्रेलियामै स्थायी रूपमा बस्न पाउने भएको हो।
मार्क, केली र उनकी छोरीले शुक्रबार अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति पाएका हुन्। अष्ट्रेलिया नै घर बनाएका उक्त परिवार अब भने निर्वाध रूपमा अष्ट्रेलियामै बस्न पाउने भएका छन्।
धेरै वर्षको आक्रोश र परिवारले भिसा आवेदनमा लाखौं डलर खर्च गरेपछि खुशीको खबर आएको हो।
ग्रीनको अद्यावधिक गरिएको रेसिडेन्सी स्थितिको अर्थ उनीहरूले अब कुनै समस्या वा प्रतिबन्ध बिना घर किन्न र काम गर्न पाउनेछन्। उनीहरूले अब कुनै भिसाको लागि आवेदन पनि गर्नु नपर्ने भएको छ।
यसको मतलब यो पनि हो कि रेबेकाले अन्ततः ‘एज्ड केयर’मा करियर बनाउन विश्वविद्यालयमा भर्ना सक्छिन्।