क्वीन्सल्याण्डको कार दुर्घटनामा युवा ट्याटु आर्टिस्टको मृत्यु
चैत १४, मेलबर्न, अष्ट्रेलिया। उत्तर क्वीन्सल्याण्डमा कार दुर्घटनामा एक युवा ट्याटु आर्टिस्टको मृत्यु भएको छ।
एथर्टनकी एमी कक्सको मार्च २५ मा बिहान ३.३० बजे स्टोनी क्रीक ब्रिज नजिकैको रुखसँग सवारीसाधन ठोक्किएर मृत्यु भएको थियो। उनी भर्खर २० वर्ष पुगेको बताइएको छ।
आइतबार उनको सम्झनामा नजिकका साथीहरू कामेरुंगामा भेला भएका थिए। एमीको साथी काइला सो चोयले आफूले मन पराउने कसैलाई गुमाएकोमा गहिरो शोक व्यक्त गरिन्।
शार्नी पेरिनले एमीलाई चुनौतीपूर्ण समयमा आफ्नो आत्मालाई जोगाउने साथीको रूपमा सम्झिइन्। ‘उनी मभन्दा अलि जेठी थिइन् । उनी मलाई बार र क्लबहरूमा लैजान्थिन् किनभने मसँग कुनै साथीहरू थिएनन्’, उनले भनिन्।
एमीका साथीहरूले दुर्घटनास्थल नजिकै एउटा स्मारक बनाएर सोमबार बिहानसम्म उनको मृत्युमा शोक व्यक्त गरेका छन्।