पर्थमा स्कुलबाट घर फर्किँदै गरेका १५ वर्षीय बालकको हत्या अभियोग लागेका ४ जना अदातलमा उपस्थित
चैत १७, मेलबर्न, अष्ट्रेलिया । पर्थमा स्कूलबाट घर जाँदै गरे आदिवासी किशोर क्यासियस टर्भेलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चार जना अदालतमा उपस्थित भएका छन्।
अक्टोबर १३, २०२२ मा साथीहरूसँग हिंडिरहेको बेला १५ वर्षीय नुङ्गर यमातजी क्यासियसलाई पिछा गरेर फलामको रडले आक्रमण गरिएको थियो।
टाउकोमा गम्भीर चोट लागेका क्यासियसको १० दिन पछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।
यो घटनाले राष्ट्रभरि शोक र क्रोधको भएको अवस्थामा केही आदिवासी नेताहरूले यो आक्रमणलाई कायरता र नस्लवादीको रूपमा निन्दा समेत गरेका थिए।
यो घटनामा संलग्न भएको आरोपमा २७ वर्षीय ब्रोडी ली पाल्मर, २४ वर्षीय मिचेल कोलिन फोर्थ, २१ वर्षीय ज्याक स्टिभन जेम्स ब्रेर्ली र २० वर्षका अलिसा लुइस गिल्मोर पक्राउ परेका थिए। उनीहरूमाथि आक्रमण र हत्या गरेको अभियोग लगाइएको छ ।
उनीहरू बुधवार भिडियो-लिङ्क मार्फत स्टर्लिङ गार्डेन मजिस्ट्रेट अदालतमा छोटकरीमा उपस्थित भएका थिए। उनीहरूले कुनै पनि आरोपको जवाफमा निवेदनहरू प्रविष्ट गरेका छैनन्।