न्यु साउथ वेल्सको व्यस्त सपिङ सेन्टर नजिकै स्कुले विद्यार्थीले गरे आत्महत्या


चैत १७, मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा ११ कक्षामा अध्ययन गरिरहेका बालकले आत्महत्या गरेका छन्। वोलोङगोङस्थित एक सपिङ सेन्टर नजिकै उनले आत्महत्या गरेका हुन् ।

सोमबार बिहान ११:१५ बजे बालक गम्भीर अवस्थामा भएका कारण सीबीडीको वोलोङगोङ सेन्ट्रल शपिङ सेन्टर नजिकै केइरा स्ट्रिटमा आपतकालीन सेवाहरू बोलाइएको थियो ।

ती बालकलाई तत्काल अस्पताल पुर्याइएता पनि उनको मृत्यु भयो। मृतक बालक स्मिथको हिल हाई स्कूलको कक्षा ११ मा पढ्दै गरेको बताइएको छ।

न्यु साउथ वेल्सको शिक्षा विभागले किशोरको परिवार, सहपाठी र शिक्षकहरूलाई परामर्श र समर्थन प्रदान गरिरहेको जानकारी दिइएको छ। न्यु साउथ कोरोनरले घटनाबारे थप अनुसन्धान गर्ने जानकारी दिएको छ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरको पछिल्लो तथ्याङ्कअनुसार अष्ट्रेलियामा १५–२४ वर्ष उमेर समूहका मानिसहरूको मृत्युको प्रमुख कारण आत्महत्या हो।

अष्ट्रेलियामा  युवाहरूको ठूलो प्रतिशतले आत्महत्या गरिरहेका छन् । एक रिपोर्ट अनुसार धेरै अष्ट्रेलियालीहरूले सामाजिक र आर्थिक कठिनाइहरूको कारण सामान्य भन्दा बढी तनाव महसुस गरिरहेका छन्।

उच्च संकट निम्त्याउने शीर्ष तीन परिस्थितिहरूमा जीवनको लागत र व्यक्तिगत ऋण, सामाजिक एक्लोपन तथा परिवार र सम्बन्ध विच्छेदहरू समावेश छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?