न्यु साउथ वेल्स निर्वाचन : लेबर पार्टीलाई पुगेन बहुमत


चैत १९, मेलबर्न, अष्ट्रेलिया । न्यू साउथ वेल्सका नयाँ प्रधानमन्त्री क्रिस मिन्स र उनको लेबर सरकारसँग भर्खरैको चुनावपछि संसदको तल्लो सदनमा बहुमत ल्याउन असफल भएको छ।

न्यु साउथ वेल्सको निर्वाचनको मतगणनाले लेबर पार्टीलाई बहुमत अपुग भएको पुष्टि भएको।

चुनावी रातमा, लेबरले आफ्नै बलमा चुनाव जित्ने पर्याप्त सिट जित्ने देखिएको थियो। तर, मतगणनाको अन्तिम अवस्थामा लेबरले बहुमत बिना नै सरकार बनाउने भएको हो।

शनिबार होल्सवर्थी र टेरिगलमा लिबरल पार्टीबाट सदस्यहरू निर्वाचित भएपछि गठबन्धनको सिट संख्या ३५ पुगेको हो।

लेबर पार्टी बहुमतीय सरकार बनाउन पर्याप्त सिटबाट २ सिट टाढा छ। बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। तर, अब छिनोफानो हुन एक सिटमात्रै बाँकी रहेका कारण लेबरले बहुमतको सरकार बनाउन नपाउने निश्चित भएको हो।

अल्पसंख्यकमा काम गर्दा मिन्स र लेबरलाई आफ्नो चुनावी प्रतिबद्धताहरू संसदबाट पारित गर्न अझ गाह्रो हुन सक्छ।

यद्यपी, सरकारले स्वतन्त्र राजनीतिज्ञहरूको समूह र ग्रीन पार्टीका सदस्यहरूसँग संसदमा महत्त्वपूर्ण निर्णयहरू पारित गर्न पर्याप्त समर्थन पाउने सुनिश्चित गर्न सम्झौता गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?