मेलबर्नमा मध्यराति भएको कार दुर्घटनामा १६ वर्षीय बालकको मृत्यु, २ जना घाइते
चैत १९, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नमा भएको दुर्घटनामा एक १६ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज बिहान २ बजे फोर्ड फिएस्टामा १६ वर्षका तीनजना किशोरहरू यात्रा गरिरहेका थिए। तर, सिकारू चालकले नियन्त्रण गुमाएपछि कार दुर्घटनामा परेको बताइएको छ।
कारले चिर्नसाइड पार्कको एडवर्ड रोडमा पार्क गरिएका तीनवटा गाडीमा ठक्कर दियो। ठक्कर दिएपछि कारमा आगो लागेको जानकारी दिइएको छ।
पछाडिको सिटमा बसेका १६ वर्षीय मोन्ट्रोजका बालकको घटनास्थलमै मृत्यु भएको हो। उक्त कारका चालक र अर्का यात्रुको भने रोयल मेलबर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ।