न्यु साउथ वेल्समा बाटो काट्दै गरेकी महिलाको भ्यानको ठक्करबाट घटनास्थलमै मृत्यु
चैत १९, मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्सको दक्षिणी क्षेत्रमा सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
६६ वर्षीया महिलाई आइतबार बिहान ८:३० बजे फेयरी मेडोको वोलोङगोङ उपनगरमा रहेको प्रिन्स हाइवे पार गर्दै गर्दा एक कारले ठक्कर दिएको हो ।
उनको घटनास्थलमा नै मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
६२ वर्षीय सवारी चालकलाई अनिवार्य स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।
न्यु साउथ वेल्स प्रहरीले साक्षीहरू वा ड्यासक्याममा घटना रेकर्ड भएका जो कोहीलाई अनुसन्धानमा मद्दत गर्न अगाडि आउन आग्रह गरिरहेको छ।