क्वीन्सल्याण्डमा अर्को हवाइ दुर्घटना, पाइलटको मृत्यु


चैत २३, मेलबर्न, अष्ट्रेलिया। क्वीन्सल्याण्डको मध्य हाइल्याण्डमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।

मंगलबार बिहान ११ः ३० बजे रकह्याम्प्टनको पश्चिमको एक स्टेशनमा पाइलट मात्रै सवार हेलिकप्टर दुर्घटनामा परेको भन्दै प्यारामेडिकहरूलाई बोलाइएको थियो।

आपतकालीन सेवाहरू आइपुग्दा हेलिकप्टरमा आगो लागेको थियो र नजिकैको खसेको बिजुली लाइनहरू हटाउन एर्गन एनर्जी टोलीलाई बोलाइयो।

चार सिट भएको रोबिन्सन आर ४४ हेलिकप्टर दुर्घटनाको अष्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोले अनुसन्धान गरिरहेको छ।

‘अन्वेषकहरूले कुनै पनि रेकर्ड गरिएको डाटा, मौसम जानकारी, साक्षी रिपोर्टहरू, र विमान मर्मत रेकर्डहरू प्राप्त गर्न र समीक्षा गर्न खोज्नेछन्, र पाइलटको योग्यता र अनुभवको समीक्षा गर्नेछन्।’ ब्यूरोले भनेको छ।

आइतबार ह्वाइटसन्डे क्षेत्रमा भएको एक सानो विमान दुर्घटनाको दोश्रो दिन नै अर्को हवाइ दुर्घटना भएको छ। आइतबारको दुर्घटनामा एक श्रीमान र उनी गर्भवती श्रीमतीको मृत्यु भएको थियो।

रिले कुहर्ट र उनकी गर्भवती पत्नी मारी मेडिकल अपोइन्टमेन्टका लागि जाँदै गर्दा खराब माैसमका कारण दुर्घटना परेको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?