क्वीन्सल्याण्डमा सुतिरहेका व्यक्तिमाथि गोहीले गर्यो आक्रमण


चैत २३, मेलबर्न, अष्ट्रेलिया। सुदूर उत्तरी क्वीन्सल्याण्डमा सुतिरहेका एक व्यक्तिलाई गोहीले टोकेको छ। 

६५ वर्षीय वृद्ध पोर्ट डगलसको उत्तरमा रहेको नेवेल बिचमा सुतिरहेको अवस्थामा मङ्गलबार राती गोहीले उनको खुट्टा टोकेको वातावरण तथा विज्ञान विभागले जनाएको छ।

यस घटनापछि अस्पताल भर्ना भएका उनी डिस्चार्ज भइसकेको भएता पनि राम्रोसँग हिड्न नसकेको बताइएको छ। अन्य मानिसहरूले उक्त घटनापछि ती व्यक्तिलाई अस्पताल लगेका थिए।

उनी क्याम्पिङमा गएको र तलाउको छेउमा सुतेको पाइएको छ। वातावरण तथा विज्ञान विभागले पानी किनाराको कम्तिमा ५० मिटर भित्र क्याम्पिङ नगर्न अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?