सिड्नीको इगल क्लिफबाट समुद्रमा हाम फाल्ने प्रयास गर्दा अड्किएका युवकको प्रहरीले गर्यो उद्धार
चैत २५, मेलबर्न, अष्ट्रेलिया । सिड्नीमा चट्टान(इगल क्लिफ)बाट समुन्द्रमा हाम फालेका दुई युवकहरू चट्टानमै अड्किएपछि उद्धार गरिएको छ।
२ युवकहरू सिड्नीको पूर्वको मारोब्रामा रहेको ३५ मिटर अग्लो चट्टानबाट समुद्रमा हाम फाल्ने प्रयास गरेका थिए। तर, उनीहरू अड्किएपछि शुक्रबार दिउँसो २ः ३० बजेतिर उद्धार गरिएको थियो।
पश्चिमी सिड्नीका युवकहरूले प्रहरी अधिकारी पुग्नु अघि साढे दुई घण्टा पर्खिनु परेको थियो।
पुलिस अधिकारीहरूले तीव्र हावाको प्रतिकार गर्दै कठीन खोँचबाट ती युवकहरूको उद्धार गरेको जनाएको छ। ईगल क्लिफबाट हाम फालेका अन्य व्यक्तिहरूको भिडियो युट्यबुमा हेरेर उनीहरू पनि त्यसै गर्ने प्रयास गर्दा त्यहाँ फसेको बताइएको छ।