भारतको तिहाड जेलबाहिर ‘मलाई जेल हाल’ भन्दै लाग्यो लाइन


चैत २३, नयाँ दिल्ली । शुक्रबार दिल्लीको तिहाड जेल बाहिर एउटा अनौंठो दृश्य देखियो। जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि ढोका देखियो। मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश ? गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिस्पर्धा चलिरहेको छ।

वास्तवमा कोरोना महामारीका बेला सर्वोच्च अदालतको आदेशमा ४ हजार ६८३ कैदी रिहा भएका थिए। जसमा ११ सय ८४ कैदी सजाय पाएका थिए भने अन्य बिचाराधिन कैदी थिए। कोरोना महामारीमा बाहिर आउन पाएका मध्ये अधिकांश कैदीले अहिलेसम्म कारागारमा फर्केर गएका थिएनन।

तर, गत फागुन २४ गते भारतीय सर्वोच्च अदालतले जेलबाट बाहिर आएका सबै कैदीलाई समयसिमा नै तोकेर १५ दिनभित्र जेलमा आत्मसमर्पण गर्नुपर्ने आदेश दियो। अदालतका आदेश अनुसार यसरी आत्मसमर्पण गर्ने अन्तिम दिन चैत २५ गते रहेको थियो। त्यसैले आत्मसमर्पण गर्ने अन्तिम मिति अर्थात चैत २५ गते तिहाड जेलको बाहिर कैदीहरुको लस्कर लागेको हो। उनीहरु बिच को पहिला जाने भन्नेमा सामान्यसम्म झगडासमेत भएको इन्डिया टिभीले जनाएको छ।

अहिलेसम्म १ हजार ७६८ कैदीले आत्मसमर्पण गरिसकेका छन्। यद्यपि अझै धेरै कैदी आत्मसमर्पण गर्न नपुगेको भारतीय मिडियाहरूले जनाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?