रिमोट क्रन्टोलवाट बम बिष्फोट गराउँदा पाकिस्तानमा चार जनाको मृत्यु
चैत २८, इस्लामवाद । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम बिस्फोटमा परी चार जनाको मृत्यु भएको छ। बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरी गराइएको सो विस्फोटमा परी दर्जनौ घाइते भएका छन्।
पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै रहेको मोटरसाइकलमा बम राखिएको र सो बमलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा चार जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते हुन पुगेका हुन। सुरक्षा अधिकारीका अनुसार घाइते मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ।
सो बम बिष्फोट पछि घटनास्थल सुरक्षा घेरा राखेर थप अनुसन्धान अघि जारी राखिएको छ।