एडिलेडमा डुबेर १ वर्षीय बालकको मृत्यु
चैत २८, मेलबर्न, अष्ट्रेलिया । उत्तरी एडिलेड क्रीक बेडमा बेहोस अवस्थामा फेला फेला परेका एक वर्षीय बालकको मृत्यु भएको छ।
लिटिल पारा नदीमा मानिस डुबेको रिपोर्ट गरिएपछि आइतबार बिहान ९ बजे एडिलेडको सीबीडीबाट २१ किलोमिटर उत्तरको पारालोवीमा अधिकारीहरू र प्यारामेडिकहरू पुगेका थिए।
उक्त क्षेत्रबाट उद्धार गरिएको बालकको अस्पतालमा मृत्यु भएको साउथ अष्ट्रेलियन प्रहरीले एनसीए न्यूजवायरलाई पुष्टि गरेको छ।
प्रहरीले अब कोरोनरको रिपोर्ट तयार गर्ने बताइएको छ।
सेभेन न्युजका अनुसार बच्चा घरबाट बाहिर निस्केको थाहा पाएपछि बालकका अभिभावकले बच्चालाई खोज्न सुरू गरेका थिए। खोजीका क्रममा उनीहरूको कार खाल्डोमा खसेको बताइएको छ।
उनीहरूले बालक बेहोस अवस्थामा फेला पारेपछि प्यारामेडिकलाई खबर गरेका थिए। उनीहरूले बच्चालाई अस्पताल नपुर्याउँदासम्म प्राथमिक उपचार गरेका थिए। तर, उनको अस्पतालमा मृत्यु भएको हो।
यो दक्षिण अष्ट्रेलियामा बालबालिकाको डुबेर मृत्युको पछिल्लो घटना हो। डिसेम्बरको सुरुमा बैंकसिया पार्कको घरको बाथटबमा डुबेर १० वर्ष मुनिका एक बालकको मृत्यु भएको थियो।