स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


चैत २८, काठमाडौँ । स्लोभाकिया पठाईदिन्छु भन्दै नगद १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पाँचथर फागुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?