१४६ यात्रु लिएर उड्न लागेको विमान मेलबर्न विमानस्थलमा आकस्मिक अवतरण


चैत २९, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको विमानस्थलमा एक विमान आकस्मिक अवतरण गरेको छ।

विमान भित्रबाट धुवाँ निस्किएको खबर आएपछि रेक्सको विमानलाई मेलबर्न विमानस्थलमा आपतकालीन अवतरण गरिएको जानकारी दिइएको छ।

मेलबर्न एयरपोर्टका प्रवक्ताका अनुसार मंगलबार बिहान करिब ११.१५ बजे आपतकाल घोषणा गरिएको थियो। रेक्सले विमानको पछाडिको शौचालयमा धुँवा देखिएको पुष्टि गरेको छ ।

‘सतर्कताको अवस्थामा क्याप्टेनले आपतकालिन अवस्था घोषणा गरे। मेलबर्न एयरपोर्ट आपतकालीन योजना अनुसार, आपतकालीन सेवाहरू सक्रिय र उपस्थित थिए।’ रेक्सका प्रवक्ताले भनेका छन्।

१४६ यात्रु लिएर उड्न लागेको बोइङ ७३७-८००एनजी सुरक्षित रूपमा अवतरण गर्न सफल भएको जानकारी दिइएको छ।

रेक्सका इन्जिनियरहरूले धुँवा देखिनुको कारण पत्ता लगाइ उक्त समस्या समाधान गरेपछि विमान सञ्चालनका लागि योग्य भएको रेक्सका प्रवक्ताले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?