क्वीन्सल्याण्डको चर्चित झरनामा डुबेर २ पुरूषको मृत्यु


चैत ३०, मेलबर्न, अष्ट्रेलिया। उत्तरी क्वीन्सल्याण्डको एक लोकप्रिय झरनामा २ जना डुबेका छन्। बाहिर निस्किने हरेक प्रयासका बाबजुद पनि दुई व्यक्तिको डुबेर मृत्यु भएको हो।

२१ र ५९ वर्षीय पुरुषहरू मंगलबार दिउँसो केर्न्सको पश्चिममा क्रिस्टल क्यास्केडमा फसेपछि त्यहाँ भएका मानिसहरूले आपतकालीन सेवाहरूलाई खबर गरेका थिए।

ती पुरुषहरू पानीबाट बाहिर निस्कन संघर्ष गरिरहेको भनेर प्रहरीलाई खबर गरिएको थियो।

५९ वर्षीय पुरूष फसेपछि २१ वर्षीय पुरूषले बचाउने प्रयास गरेको बुझिएको छ। तर, प्रहरीले भने यसबारे केही पुष्टि गरेको छैन।

उद्धार कार्य सुरु भएपनि ती पुरुष फेला पर्न नसकेपछि स्विफ्ट पानी उद्धार टोली र दुई पम्प ट्रकहरूले पानीबाट बेहोस अवस्थामा पुरूष निकालिएका थिए।

‘प्यारामेडिकहरूले ती पुरुषहरूलाई पुनर्जीवित गर्न सकेनन् र उनीहरूलाई केही समयपछि मृत घोषणा गरियो।’ प्रहरी प्रवक्ताले भनेका छन्।

उक्त क्षेत्रमा पर्यटकको मृत्यु भएको यो नै पहिलो पटक भने होइन। २०२० मा पनि सोही झरनामा खसेका एक व्यक्तिको कठीन उद्धार गर्नुपरेको थियो।

त्यस्तै, २०१४ मा पनि एक जना सोही क्षेत्रमा खसेको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?