बलात्कार आरोपमा झापाबाट २ जना पक्राउ
वेशाख ४, झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिवास नगरपालिका–५ बस्ने २९ वर्षीय कुल बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
कुल बहादुरले ती किशोरीलाई झापा मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बजारस्थित होटलमा गत चैत ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसैगरी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबसताक्षी नगरपालिका–३ भोटेपुल बस्ने ६३ वर्षीय बलराम कामीलाई प्रहरीले पक्राउ गरेको छ। कामीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।