अष्ट्रेलियाका लागि टेस्ट म्याच खेल्ने पहिलो आदिवासी क्रिकेटर फेथ थोमसको निधन
वैशाख ५, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका लागि टेस्ट म्याच खेल्ने पहिलो आदिवासी क्रिकेटर फेथ थोमसको ९० वर्षको उमेरमा निधन भएको छ। उनी अष्ट्रेलियाको प्रतिनिधित्व गर्ने पहिलो आदिवासी महिला क्रिकेटर समेत थिइन्।
क्रिकेट अष्ट्रेलिया र दक्षिण अस्ट्रेलियाली क्रिकेट संघले थोमसको शनिबार निधन भएको पुष्टि गरेको छ।
सन् १९३३ मा नेपाबुन्नामा जन्मिएकी थोमसले सन् १९५८ मा मेलबर्नको जंक्शन ओभलमा भएको एसेज टेस्टमा अस्ट्रेलियाको प्रतिनिधित्व गरेकी थिइन्।
उनी जेसन गिलेस्पी, ऐश गार्डनर र स्कट बोल्याण्डसँगै अष्ट्रेलियाका लागि टेस्ट क्रिकेट खेल्ने चार आदिवासी अष्ट्रेलियालीहरूमध्ये पहिलो थिइन्।
थोमसलाई पछि इङ्गल्याण्ड र न्यूजील्याण्ड भ्रमण गर्न छनोट गरिएको थियो। तर, उनले आदिवासी समुदायहरूमा नर्सको रूपमा काम गर्नका लागि क्रिकेट छोडेकी थिइन्।
२०१९ मा थोमसलाई उनको क्रिकेट र आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायमा गरेको सेवाको कदर गर्दै अर्डर अफ अष्ट्रेलियाबाट सम्मानित गरिएको थियो।