पपुवा न्युगिनी घुम्न गएका अष्ट्रेलियन नागरिकको बाटो मै मृत्यु
वैशाख ६, एजेन्सी । पपुवा न्युगिनीको कोकोडा ट्र्याक हिड्ने क्रममा (हाइकिङ) एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ।
परराष्ट्र तथा व्यापार विभागले उक्त व्यक्तिको परिवारलाई कन्सुलर सहयोग उपलब्ध गराएको पुष्टि गरेको छ। “हामी परिवारलाई हाम्रो गहिरो समवेदना पठाउँछौं,” एक प्रवक्ताले भनेका छन्।
पोर्ट मोरेस्बीको प्यासिफिक इन्टरनेशनल अस्पतालका प्रवक्ताले एबीसीलाई बताए अनुसार ४८ वर्षीय व्यक्तिलाई आइतबार राति ट्र्याकमा बेहोस भएपछि अस्पताल ल्याइएको थियो।
उनका सहकर्मीहरूले सीपीआर प्रयास गरेका थिए। तर पनि उनलाई बचाउन भने असमर्थ रहे।
कोकोडा ट्र्याक प्राधिकरण पपुवा न्यू गिनीमा ट्रेल प्रबन्ध गर्न जिम्मेवार छ। उक्त स्थानमा दोस्रो विश्वयुद्धको समयमा अष्ट्रेलिया र जापानी सैनिकहरू बीच भयंकर लडाई भएको थियो। पाँच महिना चलेको लडाईमा लगभग ६२५ अष्ट्रेलियनहरूको मृत्यु र १६०० भन्दा बढी घाइते भएका थिए।