उपनिर्वाचन बारा–२ : जनमतका कुशवाहालाई हराउँदै उपेन्द्र यादव विजयी
वैशाख १३, काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् ।
उनले २८ हजार ४१४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे ।
यादव पाँच हजार ८० मतको अन्तरमा विजयी भएका हुन् । तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो भएका छन् ।