क्वीन्सल्याण्डका एक अनुभवी स्काईडाइभरको दुर्घटनामा परेर मृत्यु


वैशाख १३, मेलबर्न, अष्ट्रेलिया । क्वीन्सल्याण्डका एक अनुभवी स्काईडाइभरको मृत्यु भएको छ। म्याकेनजिकै हाम फाल्ने क्रममा हार्ड ल्यान्डिङमा घाइते भएका व्यक्तिको एक हप्तापछि मृत्यु भएको हो।

डगलस “डगी” बल अप्रिल १६ मा लागुना क्वेसमा स्काइडाइभ गर्ने क्रममा घाइते भएका थिए। उनको मंगलबार मृत्यु भएपछि स्काइडाइभिङ समुदायले शोक गरेको छ।

५२ वर्षीय बल एकल डाइभमा अवतरण गर्ने क्रममा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल म्याके बेस अस्पताल लगिएको थियो। बललाई पछि ब्रिस्बेनको प्रिन्सेस अलेक्जान्ड्रा अस्पताल लगियो। उनको सोही अस्पतालमा निधन भयो।

तर, उनको चोट गम्भीर भएका कारण उपचारकै क्रममा उनको निधन भएको इन्स्पेक्टर एन्ड्रयू गोडबोल्डले बताए।

उनि क्वीन्सल्याण्ड स्काइडाइभिङ समुदायको लामो समयसम्म सदस्य थिए। उनले गोल्ड कोस्ट र ह्वाइटसन्डेज सहित धेरै ठाउँहरूमा प्रशिक्षकको रूपमा काम समेत गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?