अष्ट्रेलियाको छिमेकी मुलुकमा ३ मिनेटमै २ पटक शक्तिशाली भूकम्पको धक्का
वैशाख १३, मेलबर्न, अष्ट्रेलिया । न्युजिल्याण्डमा भूकम्प गएको छ। बुधबार बिहान सवा १० बजे भूकम्प गएको मोनिटरिङ एजेन्सि जिएनएस साइन्सले उल्लेख गरेको छ।
अष्ट्रेलियाको छिमेकी मुलुकमा गएका २ भूकम्प दशौं हजार न्यूजील्याण्डबासीहरूले थाहा पाएको रिपोर्ट गरिएको छ।
पहिलो ५.९ म्याग्निच्युडको भूकम्प बुधबार बिहान हक्स बेको दक्षिणमा रहेको दुर्गम सहर पोरांगाहाउमा १०.१६ बजे गएको थियो। त्यस्तै, त्यसको ३ मिनेटपछि ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
दुबै भूकम्पहरू क्रमशः २१ र १५ किलोमिटरको गहिराइबाट गएको बताइएको छ। २ भूकम्प गएपछि २.१ देखि ४.३ म्याग्निच्युडका १० वटा पराकम्प गएको बताइएको छ।
पहिलो भूकम्प राजधानी वेलिङटनका बासिन्दा सहित २२ हजारले महशुस गरेको रिपोर्ट गरेका छन्। अष्ट्रेलियाका केही भागमा समेत कम्पन महसुश भएको जानकारी दिइएको छ।